पं्राय सबैँ मानिसमा आफ्नो उचाई सामान्य ब्यक्तिसरह होस् भन्ने चाहना हुन्छ । कोहि पनि चाहदैन कि उस्को उचाइ सामान्य व्यक्तिको भन्दा कम होस । कुनैपनि व्यक्तिको उचाइ उसको बंशानुगत गुण, खानपिन, व्यायाम आदिले प्रभाव पारिरहेको हुन्छ । तर निस्चित उमेर पुगेपछि भने उचाई बढाउन सकिदैन । यदि तपाइ आफ्नो उचाइ बढाउन चाहनु हुन्छ भने तल दिइएको तरिका अपनाउनुहोस् ।
१. बशांणुगतको आधारमा
कुनैपनि व्यक्तिको उचाई उसको आमा बाबु तथा परिवारको सदस्यहरुको उचाईले पनि फरक पर्दछ । यसको मतलब बच्चाको आमा–बाबुको दुबै परिवारमा सबैको उचाई सामान्य भन्दा कम छ भने सो बच्चाको उचाई पनि कम हुने बढि सम्भावना हुन्छ । यसलाई बशांणुगत गुण भन्ने गरिन्छ । तर आमा–बाबुको उचाई कम भएता पनि परिवारमा अरु सदस्यको उचाई बढि छ भने तपाइको पनि उचाई बढ्ने सम्भावना हुन्छ ।
२. धुम्रपान तथा अनावस्यक औषधिको प्रयोग
कुनैपनि व्यक्तिको उचाई हुनुु पर्ने भन्दा कम पनि हुन सक्दछ । तपाइको प्राकृतिक उचाईलाइ धुम्रपान, अनावस्यक औषधिहरु को सेवनले पनि प्रभाव पार्दछ । यसबारेमा कोलम्बियाको बिश्वबिद्याालयले गरेको अनुसन्धानबाट चुरोट खाने र चुरोट खानेको बिचमा बस्ने केटाकटीको उचाई कम हुने गरिएको पाइएको छ । स्टेरोइड एक प्रकारको भिटामीन हो जसको प्रयोग मसल बढाउने व्यक्तिहरुले गर्दछन तर यसले हड्डि नबढ्ने तथा प्रजनन क्षमतामा समेत ह्रास ल्याउदछ । यदि तपाई आफ्नो उचाई बढाउन चाहनुहुन्छ भने यस्ता औषधि सेवन नगर्नु राम्रो हुन्छ ।
३. पर्याप्त निन्द्राको कमी
अनुसन्धानले जनाए अनुसार युवा–युवतिहरुलाई दिनमा कम्तिमा पनि ८ घण्टा देखि ११ घण्टासम्मको निन्द्रा हुनु पर्दछ । किनभने यो उमेरमा सुतिरहेको अवस्थामा मांसपेसिहरुले काम गर्न सुरु गर्दछ । शरिरलाइ बढाउन एक प्रकारको हर्मोनले मुख्य भुमिका खेलेको हुन्छ जसलाई ‘एच जी भी’ हर्मोन भनिन्छ ।
सो हर्मोन बढ्दो उमेरका युवा -युवतिहरु सुतिरहेको अवस्थामा निस्कने गर्दछ जसले सरिरको मासंपेसि बढाउने काम गर्दछ ।
सो हर्मोन बढ्दो उमेरका युवा -युवतिहरु सुतिरहेको अवस्थामा निस्कने गर्दछ जसले सरिरको मासंपेसि बढाउने काम गर्दछ ।
यो हर्मोन शरिरमा प्राकृतिक रुपले नै पैदा हुने गर्दछ र बजारमा यस्ता औषधिहरु पनि पाइन्छ । अनावश्यक कृतिम ‘एच जी भी’ हर्मोनको गलत प्रयोगले धेरै नराम्रो दिर्घकालिन असर पु¥याउदछ । त्यसैकारण यदि तपाईले यस्ता औषधिको प्रयोग डाक्टरसँग सल्लाह लिएर मात्र गर्नुपर्दछ ।
४. खानपिनमा ध्यान
खानपिनले उचाई घट–बढ मा ठुलो प्रभाव पारिरहेको हुन्छ । दिनमा कप्तिमा तिन पटक खाने बानि गर्नुपर्दछ र खाने समय पनि सधै एउटै हुनु पर्दछ । खाने कुरामा के–कस्ता खानाले उचाइ बढाउन मद्वत गर्दछ सो थाहा पाइराख्नु पर्दछ । तल दिइएको खानाहरुले तपाइको उचाइ बढाउन मद्धत गर्दछ ।
कार्बोहाइड्रेट– खानामा कार्बोहाइड्रेडको मात्रा धेरै हुनु पर्दछ । कार्बोहाइड्रेडले शरिर बढ्नको लागि शरिरलाइ चाहिने शक्ति प्रदान गर्दछ । कार्बोहाइड्रेट भएको खानाहरुमा भात, रोटि, गेडागुडि आदि पर्दछ ।
क्यसियम– क्याल्सियम दुध, दहि, चिज तथा हरियो सागसब्जिमा पाईन्छ । क्याल्सियमले हाडलाई बढाउन मद्धत गर्दछ ।
भीटामीन डि– खानामा प¥याप्त मात्रामा भीटामीन डी भएको खानेकुरा हुनु पर्दछ । भीटामीन डी माछा, च्याउ आदिमा प्रसस्त हुन्छ जसले हड्डी तथा मासंपेसी बढ्नमा मद्धत गर्दछ ।
प्रोटिन– प्रोटिन भएको खानेकुरा जस्तै माछा, मासु आदि खानाले पनि उचाइ बढाउन मद्धत पु¥याउछ ।
५. रोग
यदि कुनै बाल–बालिकाहरुको शरिर कमजोर छ र सधैँ बिरामी भईरहन्छन भने पनि यसको कारणले पछि गएर उनिहरुको उचाईमा असर पर्दछ । उचाइ बढ्नको लागि निरोगि हुनु अत्यन्त आवश्यक छ । यसको लागि खान–पिनमा ध्यान दिनु पर्दछ र बिरामी हुने संकेत पाउने बित्तिकै प¥र्याप्त आराम हुुनुपर्दछ ।
६. ब्यायाम
ब्यायामले पनि शरिरको उचाँइ बढाउन सकिन्छ । ब्यायामले मासंपेसिहरु सक्रिय हने गर्दछ । साथ–साथैँ उचाई बढाउनको लागि पौडि खेल्ने, साइकल चलाउने, योगा गर्ने बानि गर्नुपर्दछ ।
.jpg)
No comments:
Post a Comment